ओखलढुंगामा ४ सय लिटर घरेलु मदिरा नष्ट

  • प्रकाशित मिति: शनिबार, कार्तिक ११ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । कार्तिक ११ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगा प्रहरीले ठुलो परिणामको अबैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट बिक्रि बितरणका लागी सदरमुकाम ल्याउदै गरेको करिब ४ सय लिटर घरेलु मदिरा नियन्त्रण लिई नष्ट गरेको हो । मदिरा जिल्ला प्रहरी कार्यलय ओखलढुंगा र प्रहरी चौकी रुम्जाटारको सक्रियतामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । अबैध रुपमा उत्पादित घरेलु मदिरा सदरमुकाम भित्रदै गरेको सुचनाका आधारमा बरामद गरिएको उनको भनाई छ ।
बरामद गरिएको मदिरा सरोकारवाला ब्यक्तिहरुको रोहबरमा शुक्रबार नष्ट गरिएको हो । जिल्लामा आगामी मंसिर १० गत हुने प्रदेशसभा तथा प्रतिनिधी सभा चुनावको सरगर्मी बढिरहेकाले अबैध मदिरा बिक्रिबितरणले प्रभाब पर्ने भन्दै नष्ट गरिएको प्रहरीको भनाई छ । मदिरा सेवनकै कारण बिभिन्न हिंसा हुने भएकाले समते यसलाई रोक्न जरुरत गरेहेको प्रहरी प्रमुख तिमिल्सिनाले बताए । यस अघि बिहिबार मात्रै बर्नालुबाट सदरमुकाम भित्रिदै गरेको ४० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको थियो ।