विश्व दृष्टि दिवसका अवसरमा रामेछापमा पनि विभिन्न कार्यक्रम

  • प्रकाशित मिति: बिहिबार, असोज २६ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज २६ गते,
विश्व दृष्टि दिवसको अवसरमा रामेछापमा पनि सचेतना र्यालीको साथै प्रवचन कार्यक्रमको अयोजना गरिएको छ । रामेछाप सामुदायीक आँखा केन्द्रको आयोजनामा रामेछापको सदरमुकाम मन्थली बजारमा विहिबार विहान सचेतना र्याली निकालिएको थियो । सामुदायीक आँखा केन्द्रबाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरी पुन आँखा केन्द्र स्थित तामाकोसी सहकारी अस्पतालनको प्राङ्गणमा आएर कोण सभामा परिण भएको थियो ।
सभामा बोल्दै आँखा केन्द्रका अध्यक्ष डाक्टर सुमन कर्माचार्यले आँखा र यसको महत्वको बारेमा बोलेका थिए । उनले आँखालाई निरोगि बनाउन खानपान, सरसफाई र सुरक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कम्तिमा पनि वर्षमा एक पटक आँखा जाँच गर्न पनि उनले सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै मन्थली नगरपालीका प्रमुख रमेश कुमार वस्नेतले आँखा मानव सरिरको महत्वपूर्ण अंग भएको कारण यसको सुरक्षमा सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।