रामेछाप । असोज २३ गते,
आसन्न प्रतिनिभिसभार प्रदेशसभा निर्वाचनका लागि रामेछापमा मतदान स्थल र केन्द्रको निर्धारण गरिएको छ । आगामी मंसिर महिनाको १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रामेछाप जिल्लाको ८ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा १ सय ९० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका
निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापबाट १ लाख ५२ हजार ५ सय ६१ जना मतदाताले मतदान गर्दै छन् । स्थानीय तहको निर्वाचनमा यस अघि १ लाख ३४ हजार ६ सय २० मतदाताले भोट हालेका थिए ।
निर्वाचन आयोगले पछिल्लो चरणमा संकलनबाट १७ हजार ९ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । रामेछाप जिल्लामा यसअघि १ सय ७० वटा मतदान केन्द्र रहेकाले मतदाताको संख्या बढे अनुसार मतदान केन्द्र पनि थप्ने निर्वाचन कार्यालयले तयारी गरेको छ । एक हजार मततादा बराबर एक वटा मतदान केन्द्र हुने निार्वाचन आयोगको मापदण्ड रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल
- प्रकाशित मिति: सोमबार, असोज २३ २०७४
- तामाकोसी खबर