यस वर्षको चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकले पाउने

  • प्रकाशित मिति: मंगलबार, असोज १७ २०७४
  • तामाकोसी खबर

असोज १७ – चिकित्सा विज्ञान तर्फको यस वर्ष (सन् २०१७) को नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकले पाउने भएका छन् ।



मानव शरीरले समय कसरी बताउँछ भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिक जेफ्री हल, माइकल रोसबास र माइकल योङलाई संयुक्त रूपमा फिजियोलोजी तथा चिकित्सा विज्ञान तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबेल पुरस्कार कमिटिले जनाएको छ । तीन वैज्ञानिकको खोज मानव स्वास्थ्य र विकासका लागि महत्वपूर्ण तथा उपयोगी रहेको कमिटिले उल्लेख गरेको छ ।

मानिससहित वनस्पति, जीवजन्तु र फङ्गाइमा रहेक सेकेण्डको असर रहने वैज्ञानिकले बताएका छन् । पृथ्वीको परिवर्तनसँग मानव, पशु र वनस्पतिले कसरी जैविक संगती कायम गर्छन् भन्ने कुरा तीन वैज्ञानिकले गरेका हुन् ।