काठमाडौं,असोज ७ – राष्ट्रिय बाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गर्दै विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरेको छ । बैंकले ४ तहदेखि १० तहसम्मका कर्मचारी मागेको छ । बैंकले ४ तहदेखि १० तहसम्मका कर्मचारी माग गरेको छ ।
जस अनुसार मुख्य प्रबन्धकमा १, वरिष्ठ प्रबन्धकमा २, प्रबन्धकमा ४, प्रबन्धक (सूचना प्रविधि) मा १, उप –प्रबन्धकमा ८, उप –प्रबन्धक (लेखा) मा ५, सहायक प्रबन्धकमा ८५ र सहायक प्रबन्धक (कानुन) मा ६ जना कर्मचारी माग गरेको छ ।
यस्तैगरी सहायक प्रबन्धक (इन्जिनियर) मा ३, सहायक प्रबन्धक (लेखा) मा १६, सहायक प्रबन्धक (कृषि)मा ७, वरिष्ठ सहायक ५६, बरिष्ठ सहायक (नगद) ३०, बरिष्ठ सहयाक (कम्प्युटर अपरेटर) ६ जना कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा बढी सहायक पदमा २ सय ४६ जना कर्मचारी माग गरेको छ । यसैगरीसहायक नगद ४० र सहायक कप्युटरमा ५५ जना कर्मचारी माग गरिएको बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।
