रामेछाप । असोज ५ गते,
रामेछाप जिल्लाको लिखु गाउँपालिका नागदह र बिजुलीकोटका किशोरीहरुका लागि संचालित ३ महिने आत्मरक्षा तालिम समापन गरिएको छ । बिहिबार सदरमुकाम मन्थलीमा ईहिृकनको महिला र किशोरीको न्यायमा पहुँच परियोजना रामेछापका संयोजक रमेश ढुंगेलको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
कार्यक्रममा बोलदै नगर प्रमुख बस्नेतले किशोरीहरुका लागि आत्मरक्षा तालिम अत्यावश्यक रहेको बताए ।
उनले यसले महिला माथि हुने हिंसा र दुव्र्यवहार कम गर्न ठुलो भुमिका निर्वाहा गर्ने बताए । यस्ता तालिम सवै स्थानीय तहको गाउँगाउँमा आवश्यक रहेको उनको भनाई छ । किशोरी र महिलाहरु शारिरिक रुपमा बलियो भए भने दुर्वेहारको प्रतिरक्षा गर्न सक्छन् भन्ने निश्कर्षमा पुग्दै किशोरीहरुलाई मार्शल आर्टको तालिम प्रदान गरिएको परियोजना संयोजक रमशे ढुँगेलले बताए । कार्यक्रममा सहभागी किशोरीहरुले आत्मरक्षा तालिम र सशक्तिकरण सम्बन्धी तालिममले आफुहरुलाई आत्म बल बढाएको बताए ।
उनिहरुले आफ्नो ठाउँमा महिला माथि कुनै दुव्र्यवहार भएमा त्यसको प्रतिकार गर्ने बताए ।
ईहिृकनको महिला र किशोरीको न्यायमा पहुँच परियोजना अन्तर्गत प्रदान गरिएको तालिममा लिखु गाउँपालिकाको साविकको नागदह र बिजुलीकोट गाविसका किशोरीहरुले भाग लिएका थिए । विद्यालय पढ्ने उमेरका किशोरीहरु मार्शल आर्टका विभिन्न विधाका अभ्यास गरिएको तालिमा साविकका २ वटा गाविसका २० जना किशोरीहरुले भाग लिएका थिए । कार्यक्रममा किशोरीहरुलाई नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिम ३ सय ६५ दिने महिलाहिंसा विरुद्धको अभियान अन्र्तगत संचालन गरिएको हो ।
यसैबिच आत्मरक्षा तालिममा सहभागि भएका किशोरीहरुका लागि आयोजित २ दिने सशक्तिकरण कार्यसाला गोष्ठि पनि बिहिबारै सम्पन्न भएको छ ।
सदरमुकाम मन्थलीमा सम्पन्न भएको गोष्ठिमा नेपाल बार यसोसियसन रामेछापका अध्यक्ष पाण्डव प्रसाई, अधिवक्ता बिचारसिंह दोङ, सुशासन कर्मी उमङग मैनाली र महिला र किशोरीको न्यायमा पहुँच परियोजनाका कार्यक्रम संयोजक रमेश ढुंगेलले प्रशिक्षण दिएका थिए ।
रामेछापको नागदह र बिजुलीकोटमा संचालित किशोरी आत्मरक्षा तालिम सकियो
- प्रकाशित मिति: बिहिबार, असोज ५ २०७४
- तामाकोसी खबर