रामेछाप बासीको माग अनुसार रामेछाप जिल्ला हिमाली जिल्लामा वर्गिकरण

  • प्रकाशित मिति: आइतबार, भाद्र २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ २५ गते,
रामेछापेली नागरिकको माग अनुसार रामेछाप जिल्ला हिमाली जिल्लाको वर्गिकरणमा परेको छ । रामेछाप जिल्ला यस अघि पहाडी जिल्लाको वर्गीकरणमा परेको थियो  । रामेछाप सँगै  धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ । रामेछापको  उमाकुण्ड गाउँपलिकामा नुम्बुर हिमाल रहेको छ । रामेछाप बासीले पटक पटह आन्दोलन गरी रामेछाप जिल्ला हिमाली जिल्लामा पर्नुपर्छ भन्ने माग गरेपनि त्यसको सुनुवाई हुन सकेको थिएन । तर सरकारको विकास समितिले आईतबार रामेछाप जिल्लालाई पनि हिमाली जिल्लाको वर्गिकरणमा राखेको छ ।
संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ । जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ । रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् । नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए ।