कक्षा १२ को पुरक परीक्षा असोज २१ गते

  • प्रकाशित मिति: आइतबार, भाद्र १८ २०७४
  • तामाकोसी खबर

काठमाण्डौं । भदौ १८ गते,
कक्षा १२ को पुरक परीक्षा असोज २१ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले सूचना जारी गर्दै परीक्षामा भाग लिन चाहनेले असोज ४ गतेसम्म परीक्षा फारम भर्न सक्ने बताएको छ । साथै दोब्बर दस्तुर तिरेर असोज ६ गतेसम्म पनि फारम भर्न सकिने बोर्डले जनाएको छ । परीक्षा असोज २१ गते बिहान ११ बजेदेखि हुनेछ । परीक्षामा भाग लिन चाहने विद्यार्थीले कक्षा ११ को मार्क्िसट, लेजरको फोटोकपी, २ प्रति पासपोर्ट साइज फोटो र परीक्षा शुल्क रु ६ सय बुझाउनु पर्नेछ ।