रामेछाप । भदौ १६ गते,
रामेछाप जिल्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले विपद व्यवस्थापनको योजना निर्माण भन्दा पनि त्यसको कार्यान्वयनमा पनि जोड दिनु पर्ने बताएका छन् । योजना बनाएर सुतेर बस्ने प्रवृत्तिले विपतको बेलामा नागरिकहरुलाई राहात र उद्धार गर्ने काममा ढिलाई भएको उनीहरुले बताए ।
जिल्ला समन्वय समिति रामेछापको समन्वय तथा पहाडी समाजकल्याण केन्द्र र सामुदायीक जनशक्ति विकास कार्यक्रम रामेछाप र सवल कार्यक्रम अन्तर्गत सञ्चालित स्थानीय तहका पदाधिकारी एवं सरोकारवालासंग विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरण गोष्ठिमाका सहभागि जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् । 
जिल्लाका ६ वटा गाउँपालिकाका अध्यक्ष⁄उपाध्यक्ष, नगरापालिकाका प्रमुख⁄उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख⁄उपप्रमुख र सदस्यहरु तथा कार्यकारी अधिकृतका साथै सामाजिक संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको सहभागित रहेको सो कार्यक्रममा सहभागीहरुलाई संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको विपत व्यवस्थापन शाखाका शाखा अधिकृत अमरदीप सुनुवार, विपद व्यवस्थापनविज्ञ रामप्रसाद भट्टराई, पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य लगायतले सहजिकरण गरेका थिए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी दीलिपप्रसाद लामिछानेको विशेष आतिथ्यतामा भएको कार्यक्रम पहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्नप्रसाद कँडेलको अध्यक्षतामा कार्यक्रम सपन्न भएको थियो ।
रामेछापका सरोकारवालाबिच विपद जोखिम व्यवस्थापन बारे छलफल
- प्रकाशित मिति: शुक्रबार, भाद्र १६ २०७४
- तामाकोसी खबर