रामेछाप । भदौ १३ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापको मुद्दा शाखामा आर्थिक बर्ष २०७२÷७३ भन्दा आर्थिक बर्ष २०७३÷७४ मा मुद्दा वृद्धि भएको छ । जिल्ला प्रशासनको मुद्दा शाखामा आर्थिक बर्ष २०७२÷७३ मा भन्दा आर्थिक बर्ष २०७३÷७४ मा ४० वटा मुद्दा बढि दर्ताभएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
गत आर्थिक बर्षमा प्रशासनको मुद्दा शाखामा हातहतियार सम्बन्धी २ वटा ,केहि सार्वजनिक अपराधका ४२ वटा र कालो बजारीका १ वटा मुद्दा दर्ता भएका छन् । जसमा आर्थिक बर्ष २०७२÷७३ मा जिम्वेवारी सरि आएको ४ थियो । मुद्दा शाखामा दर्ता भएका ४५ मुद्दा मध्य १४ वटा मात्रै फछ्यौट भएको र ३५ वटा मुद्दा फैसल्लाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा हातहतियार सम्बन्धी १ र केहि सार्बजनिक अपराध सम्बन्धी ४ वटा मुद्दा दर्ता भएको थियो । जसमध्य एउटा मुद्दा जिल्ला प्रशासनले फछ्यौट गरेको थियो ।
आर्थिक बर्ष २०७३÷७४ मा जिल्ला प्रशासन कार्यालय रामेछापमा मुद्दा बढ्यो
- प्रकाशित मिति: मंगलबार, भाद्र १३ २०७४
- तामाकोसी खबर