नक्सा पास नगरि घर निर्माण गर्नेलाई १ लाख तिराउने मन्थली नगरपालिकाको चेतावनी

  • प्रकाशित मिति: सोमबार, भाद्र ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ ४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले नगरक्षेत्रभित्र नक्सा पास नगराई मापदण्ड विपरित बनेका घर वा संरचनालाई तत्काल कारवाही गर्ने चेतावनी दिएको छ । नगरक्षेत्रका विभिन्न ठाउँमा मापदण्ड विपरित संरचनाहरु निर्माण भैरहेको गुणासो आएको भन्दै नगरपालिकाले एक सूचना प्रकाशन गरि त्यस्तो पाईए १ लाख सम्म जरिवाना गर्ने र बनेका घर समेत भत्काउने चेतावनी दिएको हो । नगरपालिकाले २०७४÷५÷४ गते आईतबार प्रकाशन गरेको सूचनामा नगरपालिकाबाट नक्सा पास नगराई कसैले घर वा संरचना निर्माण गरेमा सो घरको नगरपालिकाबाट प्राविधिक परिक्षण गर्दा मापदण्ड अनुसार निर्माण भएको पाईएमा नगरपालिकाले १ लाख सम्म जरिवाना लिने र सो घर निर्माण गर्न दिने भनिएको छ । तर प्राविधिक प्रतिवेदनबाट नक्सा स्वीकृत ,भवन आचासंहिता बिपरित घर संरचना निर्माण भएको पाईएमा नगर प्रमुखको निर्देशनमा घर भत्काईने र घर भत्काउन लाग्ने खर्च समेत घरधनीबाटै असुल उपर गरिने नगपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले मन्थली नगरपालिका भित्र कुनै पनि घर संरचना बनाउन अनिवार्य नगरपालिकाबाट नक्सा पास गराउन सबैलाई अनुरोध गरेको छ । यदि सूचनालाई व्यवास्ता गरि विना नक्सा , मापदण्ड बिपरित घर संरचना निर्माण गरेको पाईएमा मिति २०७४ साल असार महिनाको ३० गते सम्पन्न नगरको प्रथम नगरसभाले गरेको निर्ण कडाईको साथ लागु गरि जरिवाना गर्ने नगरपालीकाले चेतावनी दिएको छ ।