रामेछापको नागदहमा साझा सभा बैठक सम्पन्न

  • प्रकाशित मिति: बुधबार, साउन ३२ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन ३२ गते,
रामेछापको लिखु गाउँपालिका वडा नम्बर ५ नागदहमा साझा सभा बैठक सम्पन्न भएको छ । लिखु ५ का वडा अध्यक्ष एवं साझा सभाका अध्यक्ष सोमबहादुर तामाङ्को अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा सो वडाका निर्वाचित जनप्रतिनिधिहरु विकासका साझेदार सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख एवं प्रनिधि तथा सरोकारवाला एवं साझा सभाका सदस्यहरुको सहभागित रहेको थियो ।
हुराडेक दोलखाको आयोजनामा भएको सो कार्यक्रममा सो वडामा गत वर्ष सञ्चालन भएका कार्यक्रमहरुको समिक्षा गरिनुका साथै आगिमा कार्यक्रमहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा यस अघिको साझा सभा बैठकमा गाउँमा स्टेचरको समस्या भएको विषयमा उठेको सवाललाई वडा कार्यालयले सम्बोधन गरी स्रोत जुटाएर १८ वटा स्टेचर खरिद गरेर साविकका हरेक वडामा २ वटाका दरले दिएकोमा धन्यवाद दिने निर्णय भएको छ । साथै वडामा सञ्चालन हुने कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय पनि भएको छ ।