रामेछाप । साउन ३० गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ३ टोकरपुरमा सञ्चालित घुम्ति शिविरमा २ सय ३१ थान नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा २ दिन संचालन भएको घुम्ती शिविरबाट नागरिकहरुलाई नागरिकता वितरण गरिएको हो । 
साउन २८ गतेबाट दोरम्बा गाउँपालिकामा संचालन गरिएकोे शिविरमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रिले नागरिकता वितरण गरेका थिए । दोरम्बा गाउँपालिकामा नागरिकता वितरण कार्यक्रम सकिएपछि सुनापति गाउँपालिकामा नागरिकता वितरण कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको टोकरपुरमा २ सय ३१ थान नागरिकता वितरण
- प्रकाशित मिति: सोमबार, साउन ३० २०७४
- तामाकोसी खबर