दैनिक पटक पटक बिजुली आउने जाने हुदा रामेछाप बासी हैरान

  • प्रकाशित मिति: शुक्रबार, साउन २७ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन २७ गते,
लोडसेडिङ नहुने भनिएको रामेछापका नागरिकहरु दिनमै पटक पटक बिजुली जाने र आउने भएपछि दिक्क भएका छन् । लोड सेडिङ मुक्त रहेको जिल्लामा पटक पटक बिजुली आउने र जाने भएपछि जिल्लाका संचार माध्ययम र विभिन्न व्यवसायहरु प्रत्यक्ष मारमा परेका छन् ।
बिजुली पटक पटक जाँदा जिल्लामा संचालित ७ वटा रेडियो र साप्ताहिक पत्रिकाहरुलाई समस्या भएको पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले बताए । उनले लोड सेडिङ मुक्त जिल्ल्ला रामेछापका जनताले विद्युत प्रशारणमा हुने अनियमितताको मार खेप्नु परेको बताए । बिजुली आउने जाने हुँदा भोल्टेजमा हुने घटबढका कारण मेशिन औजार र महत्पुर्ण महँगा उपकरणहरु जल्ने र विग्रिने समस्या देखिएको छ । बिजुलीको आवश्यक पर्ने बिहान र बुलीकाको समायमा पटक पटक बक्ति आउने जाने हँुदा आफुहरुलाई लोडसेडिङ भएको जिल्लामा भन्दा बढि समस्या भएको स्थानीयवासीहरु बताउँछन् । सदरमुकाम मन्थलीमा बत्तिकै कारण पानी तान्ने मोटर नचल्दा खानेपानीको समेत अभाव हुने गरेको छ । सदरमुकाम मन्थलीमा तामाकोशीको पानि लिफ्ट मार्फत तानेर खानेपानीको व्यवस्था गरिएको छ । नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र मन्थलीका प्रमुख बिनोद अधिकारीले भने यस्ता समस्या सामान्य भएको बताए । उनले बर्षाको समय भएकाले ठाउँठाउँमा विभिन्न समस्या हुँदा बिजुली आउने जाने गरेको बताए । रामेछापमा लामोदुरी पार गरी बिजुली ल्याईएकाले पनि बिजुली आउने जाने भएकोे उनको भनाई छ । प्रमुख अधिकारीले वर्षामा मात्र समस्या आएको बताइँरहँदा रामेछापका उपभोक्ताले भने हिउँदमा अझ मार खेप्दै आएका छन् ।