शुक्रबार जिल्ला समन्वय समिति रामेछापको निर्वाचन , काँग्रेस माओवादी गठबन्धनसंग एमाले भिड्दै

  • प्रकाशित मिति: शुक्रबार, साउन २० २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन २० गते,
जिल्ला समन्वय समिति रामेछापको शुक्रबार निर्वाचन हुदै छ । निर्वाचनमा नेकपा एमाले एक्लै सबै ९ पदमा लड्दै छ भने काँग्रेस र माओवादी केन्द्रले तालमेलमा संयुक्त प्यानलको उम्मेद्वारी परेको छ । एमालेका तर्फबाट प्रमुखमा प्रेम बहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रीन उम्मेद्वार छन् । सदस्यहरुमा रमेश वाग्ले , मैया सार्की, राधा गुरुङ, राम बहादुर तामाङ, निङडोमा सेर्पा, पूर्ण बहादुर महत र गणेश बहादुर माझी उम्मेद्वार छन् । त्यसैगरी नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट प्रमुखमा काँग्रेसका नारायण बोगटी र उपप्रमुखमा मओवावी केन्द्रका प्रेम सागर थापा उम्मेद्वार छन् ।
सदस्यमा काँग्रेसका जनक खत्री ,सन्तोष कुमार तामाङ, सिसन आलेमगर र रिता सेन्चुरीले उम्मेद्वार छन् ।त्यसैगरी माओवादी केन्द्रबाट गोरे सार्की, नीर माया तोलाङ्गे र पृथ्वी राज श्रेष्ठले उम्मेद्वारी दिएका छन् । जिल्ला समन्वय समितिका लागि काँग्रेसले प्रमुख सहित ४ सदस्य र माओवादीले उपप्रमुख सहित ३ सदस्य बाढेर संयुक्त प्यानल बनाएर एमाले संग चुनाव लड्दै छ । २ नगरपालिका र ६ गाउँपालिकाका १६ जनाले भोट हाल्ने समन्वय समितिो निर्वाचनमा एमाले संग ९ भोट छ भने काँग्रेस संग ३ र माओवादी केन्द्रसंग ४ भोट रहेको छ ।