विद्यालयको ५ वर्षे गुरु योजना निर्माण गर्न सरोकारवालासंग अन्तरक्रिया

  • प्रकाशित मिति: सोमबार, साउन १६ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन १६ गते ,
राष्ट्रिय स्तरको नमुना माध्यामिक विद्यालयको रुपमा छनौट भएको रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली माध्यामिक विद्यालयले आप्mनो ५ वर्षे गुरु योना निर्माण गर्ने भएको छ । गुरु योजना निर्माणको लागि विद्यालयले सरोकारवालासँग छलफल सुरु गरेको छ ।
विद्यालयले गुरु योजना निर्माणकै विषयमा सरोकारवालासँग सुझाव लिन सोमबार योजना निर्माणको लागि सरोकारवालाहरुको भेला गरेको छ । विद्यालयमा आयोनजा गरिएको कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख रमेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पूर्वसांसद देवशंकर पौडेल, नेपाली काँग्रेसका सभापति लवश्री न्यौपाने, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, मन्थली क्याम्पस सञ्चालन समितिका अध्यक्ष रामचन्द्र वियोगी, क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष ध्रुवप्रसाद सुवेदी, जिल्ला स्थिति राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, अभिभावक, विद्यार्थी तथा नागरिक समाजका अगुवाहरु लगायतले विद्यालयका गुरु योजना बनाउँदा समावेस गर्नु पर्ने विषयको बारेमा सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गौतमले नमुना विद्यालयले पूरा गर्नु पर्ने न्युनतम मापदण्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मन्थली नरपालिकाका प्रमुख रमेश वस्नेतले सबै वेथितिको सुरुवात राजनीतिक दलबाट नै भएको यसलाई सम्माउन पनि राजनीतिक दल र जनप्रतिनिधिले भूमिका निभाउनु पर्ने बताए । मन्थली माविका प्रधानाध्यापक टंकदाहालले गुरुयोजना निर्माणका लागि महत्वपूर्ण सुझावहरु आएकोले ती सुझावलाई समेटेर योजना निर्माण गर्ने बताए ।