रक्षा बन्धनको अवसरमा रामेछापमा विभिन्न कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, साउन १४ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन १४ गते,
शुक्रबार रक्षा बन्धन रामेछापमा पनि विभिन्न कार्यक्रमको आयाोजनाा भएको छ । सदरमुकाम मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीलेले रक्षा बन्धन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा राजयोग सेवा केन्द्रकी प्रमुख ब्रह्माकुमारी बिष्णु दीदीबाट सहभागिहरुले टिका लगाएर रक्षा बन्धन बाधेका थिए । भय चिन्ताले ग्रस्त जीउ ,धन र धर्मको नै असुरक्षा भएको समयमा परमात्मा शिवबाबाबाट सुरक्षा कवचका रुपमा प्रदान गरिने रक्षा बन्धन अर्थात राखी महिला पुरुष दवैका लागि ईश्वरले वरदान दिएको सेवा केन्द्रकी प्रमुख ब्रह्माकुमारी बिष्णु दीदीले बताईन् ।
यसलाई श्रावण पुर्णिमाको अवसरमा दिदि बहिनीहरुले स्नेह शान्ति र शक्तिको प्रतिकका रुपमा रहेको पवित्रको सूचक राखीको रुपमा आफ्ना आत्मीय भाईहरुलाई बाध्ने प्रचलन रहेको उनको भनाई छ । यसैगरी शुक्रबारनै नागपञ्चमी पनि परेकाले घरका ढोकामा नागको चित्र टासी पुजा आरधना गरेर मनाइएको छ । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैचोटी परेकाले यी दुवैलाई एकैसाथ मनाइएको हो । रक्षाबन्धन २३ गते पर्ने भएपनि त्यो दिन चन्द्र ग्रहण रहेकाले रक्षा बन्धन पनि शुक्रबारनै मनाइएको हो । यसैबिच रामेछापका विभिन्न मन्दीरहरुमा शुक्रबार पुजा आरधाना भएका छन् । जिल्लाका विभिन्न मन्दीरहरुमा रक्षा बन्धन बाध्नका लागि भक्तजनहरुको भिड लागेको थियो ।