ओखलढुंगा । साउन १२ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । दुर्घटनामा सुनकोशी गाउँपालिका ५ मुलखर्कका अन्दाजी वर्ष ५२ का गर्जमान तामाङको मृत्यू भएको हो । मोलुङ खोलाबाट बालुका लिएर मुलखर्क तर्फ जाँदै गरेको ना ५ त ३८२८ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटनामा परेको घटना स्थलमा रहनु भएका सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालुवा बोकेर गाउँ फर्कँदै गरेको ट्याक्टर सुनकोशी गाउँपालिका ७ च्यानमको रयाले भन्ने ठाउँमा अनियन्त्रीत भएर दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउने तामाङ ट्याकटरमा सवार रहेका थिए । उनि ट्याक्टर व्यवसायि पनि रहेको स्रोतले जनाएको छ । ट्याक्टर चालक भने अहिले प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
ओखलढुंगामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यू
- प्रकाशित मिति: बिहिबार, साउन १२ २०७४
- तामाकोसी खबर