साउन २९ गतेभित्र जिल्ला समन्वय समिति रामेछापको पदाधिकारी चयन हुने

  • प्रकाशित मिति: सोमबार, साउन ९ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन ९ गते,
यहि साउन २९ गतेभित्र जिल्ला समन्वय समिति रामेछापमा पदाधिकारी चयन हुने भएको छ । यसका लागि सरोकारवाला निकायले प्रक्रियाको थालनी गरेको छ । जिल्ला समन्वय समितिको निर्वाचन गर्न आईतबार जिल्ला समन्वय समितिमा कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको निर्बाचन प्रयोजनार्थ उक्त कार्यालय स्थापना गरिएको मुख्य निर्बाचन अधिकृत एबं जिल्ला न्यायधिश किरण प्रसाद सिवाकोटीले बताए । उनका अनुसार यहि साउन २९ गते भित्र जिल्ला समन्वयसमितिका अध्यक्ष सहित ९ जना पदाधिकारीहरु हुनेछन् । जिल्लामा रहेका ८ स्थानीय तहका गाउपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका नगर प्रमुख एवंं उपप्रमुख गरी १६ जना मतदाताले सोही नगरपालिका र गाउपालिका बाट वडा सदस्य पदमा निर्बाचित भएका मध्येबाट ९ जना चुनिने प्रावधान छ ।