रामेछाप । साउन ५ गते,
रामेछाप जिल्लाको लिखुगाउँपालिका वडा नम्बर ६ खिम्ती बाढिमा परि ज्यान गुमाउने र घरवारबिहिन भएका परिवारलाई नेपाल विद्यार्थी संघले निशुल्क शिक्षा दिने भएको छ ।
बिहिबार खिम्तिका बाढिपिडितहरुलाइ राहात बितरण गर्दै विद्यार्थीसंघका महामन्त्री कुन्दनराज काफ्लले बाढिमा परि ज्यान गुमाएका र घरवारबिहिन भएका परिवारभित्रका बालबालिकाहरुलाई निशुल्क अध्ययन अध्यापनको व्यवस्था गर्ने घोषणा गरे । उनले होस्टेलमा बसेर पढ्न चाहाने पिडित परिवारका बालबालिकालाई शोस्टलको पनि निशुलक व्यवस्था गरिने बताए । बाढिमा परि ज्यान गुमाएका र घरवारबिहिन भएका परिवारभित्र के कति बालबालिका छन् र उनीहरु के कती कक्षामा अध्ययनरत छन् छनौट गर्नका लागि नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य कल्पना खड्काको संयोजकत्वमा छनौट समिति पनि बनाईएको नेविसंघका केन्द्रय सदस्य रत्नहरि ढुंगेलले बताए ।
अब छनौट समितिले छनौट गरेका बालबालिकाहरुलाई नेविसंघले निशुल्क शिक्षा दिने ढुंगेलको भनाई छ । उनका अनुसार बाढि पिडित अन्यका परिवार भित्र रहेका पढ्दै गरेका विद्यार्थीहरुलाई पनि नेविसंघले छात्र वद्धिको व्यवस्था गर्नेछ । नेविसंघका महामन्त्री गुन्दनराज काफ्लेको नेत्तृत्वमा आएको टोलिले खिम्तीका बाढि पिडितहरुलाई खाद्यान्नका सामाग्री ,भाँडाकुँडा,झुल तन्ना,म्याट लगाएतको राहत सामाग्री वितरण गरेको केन्द्रीय सदस्य ढुंगेलले जानकारी दिए । राहात बितरण कार्यक्रममा नेपाली काँग्रेसका सभपति लवश्री न्यौपाने लगाएतका नेताहरुमको पनि सहभागिता रहेको थियो ।
खिम्तीमा असार ३१ मध्यरातमा अविरल बर्षसंगै आएको बाढी पहिरोमा परि २ जनाको ज्यान गएको छ भने ३ जना अझै वेपत्ता छन् । लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा साउन १ गते फेला परेको थियो । घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन ।
उनीहरुको खोजि कार्य जारी छ । घटनामा परि ७ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।
रामेछाप खिम्तीका बाढि पिडित बालबालिकालाई नेविसंघले निशुल्क पढाउने
- प्रकाशित मिति: बिहिबार, साउन ५ २०७४
- तामाकोसी खबर