रामेछाप । साउन ३ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीमा सोमबार साझ करेन्ट लागेर २ जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाईते भएका छन् ।साझ लागेको करेन्टबाट ४६ बर्षकी सर्मिला खड्का र ३५ बर्षका रेवती खड्काको ज्यान गएको छ भने मृतक रेवती खड्काकी श्रीमती भिम कुमारी खड्का गम्भीर घाईते भएकी नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले जानकारी दिए ।
एमाले अध्यक्ष पौडेलका अनुसार ११ सय केवी विद्युत प्रसारण ल्याइनबाट पोल हुदै प्रवाहा भएको करेन्ट पानी परेका कारण बाटोमा समेत प्रबाहा भएको र त्यहि बाटो घाँस बोकेर जाने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएको र उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । घाईते भिम कुमारी खड्काको पनि स्वास्थ्य अवस्था बिग्रदै गएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको पौडेलको भनाई छ । मृतकहरुको अहिले जीरी अस्पताल दोलखामा पोष्मार्टम भैरहेको बताईएको छ ।
रामेछापमा करेन्ट लागेर एक महिला सहित २ जनाको मृत्यु , एक गम्भीर
- प्रकाशित मिति: मंगलबार, साउन ३ २०७४
- तामाकोसी खबर