जलविद्युत क्षेत्रमा लगानी र चुनौति सम्बन्धी अन्तरक्रिया कार्यक्रम

  • प्रकाशित मिति: बुधबार, असार २८ २०७४
  • तामाकोसी खबर

असार २८, रामेछाप ।
रामेछापको मन्थलीमा जलविद्युत क्षेत्रमा लगानी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकोछ । दोर्दी खोला जलविद्युत कम्पनीले बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा जलविद्युतको क्षेत्रमा लगानीको अबसर र चुनौतिको बारेमा छलफल भएको हो ।

कार्यक्रममा जलविद्युत कम्पनीमा लगानी गर्दा लिनै पर्ने शेयर शिक्षा, दोर्दी खोला जलविद्युत कम्पनीले जारी गरेको आइपीओ लगाएतको विषयमा छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहजिकरण कम्पनीका वित्त व्यवस्थापक श्याम खड्काले गर्नुभएको थियो भने रामेछापका उद्योगी, व्यापारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।