ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण

  • प्रकाशित मिति: शनिबार, असार २४ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । असार २४ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाका प्रमुख र  उपप्रमुखले  शुक्रबार पदभार ग्रहण गरेका छन् । नगरपालिकाको कार्यलयमा भएको एक कार्यक्रममा नगरपालिकका प्रमुख मोहन कुमार श्रेष्ठ र उपप्रमुख ईच्छा कुमारी गुरुङले पदभार ग्रहण गरेका हुन् । उनीहरुलाई नगरपालिकाका कार्यकारी अधिकृत रोशनीदेवी कार्कीले स्वागत गर्दै कार्यकाल सफताको शुभकामना ब्यक्त गरे । पदभार ग्रहण गर्दैै नवनिर्वाचित प्रमुख श्रेष्ठले आफुहरुले लेखिने नभई देखिने गरी काम गरेर गर्ने बताए ।
१२ वडा रहेको नगरपालिकामा सडक,खानेपानी तथा होटल व्यवसायलाई व्यवस्थित गरिने उनको योजना छ । कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङले सबै मतदाताहरुलाई धन्यवाद दिदै बाकीँ कार्यकालमा समेत सहगोग गर्न आग्रह गरिन । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कर्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रोशनी देवी कार्कीको अध्यक्षता रहको थियो ।