बिपि मार्गमा देखिएको ढुवानी समस्याका बारेमा केन्द्रमा दवाव दिने रामेछापका सरोकारवालाबिच सहमति

  • प्रकाशित मिति: शुक्रबार, असार २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २३ गते,
बिपि राजमार्गको बनेपा–धुलिखेल–भकुण्डेबेसी–नेपालथोक–खुर्काेट सिन्धुली–बर्दीबास सडक खण्डमा देखिएको समस्याका बारेमा रामेछापका सरोकारवाला निकायबिच छलफल भएको छ । तामाकोशी ढुवानी सेवा समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा बिहिबार भएको छलफले समस्या निकारकरणका लागि पहल र समन्वय गर्ने समिति बनाउने र केन्द्रमा दबाब दिने निर्णय गरेको हो । सिन्धुलीसंग धेरै पटक छलफल गर्दा पनि समस्या समाधान नभएको निष्कर्ष निकाल्दै रामेछाप , दोलखा, ओखलढंगा जिल्लाका सांसद , पार्टिका अध्यक्ष , उद्योग बाणिजय संघ , व्यावसायी , ढुवानी व्यवसायी लगाएतको प्रतिनिधित्व रहने गरी समिति बनाउने सहमति भएको हो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्लामा विभिन्न कार्यक्रम गर्दैमा समस्याको समाधान नहुने बताए । यसका लागि सरोकारवाला सबै निकायका बिच सहकार्य गरि सहमति बनाएर यातायात बिमभागमै दबाब दिनुपन उनको भनाई छ ।
सो मार्गका समस्या समाधानका लागि जनप्रतिनिधिका नाताले सकेको सहयोग गर्ने उनको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले सबै मिलेर निति निर्माता तहमै दबाब मुलक कार्यक्रम गर्नुपर्ने बताए । रामेछाप उद्योग बाणिज्य संका अध्यक्ष श्याम थापाले राजनैतिक दल, निर्वाचित जनप्रतिनिधि लगाएत सरोकारवाला गम्भिर भएर लागे समस्या समधान हुने बताए । तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बिपि राजमार्गमा देखिएको समस्याले रामेछाप मारमा रहेको बताए । उनले सिन्धुलीसम्म एउटा गाडिले ल्याएको सामान ३ वटा गाडि प्रयोग गरेर रामेछाप ल्याउनुपर्ने आफुहरुको बाध्यता रहेको बताए । यातायात व्यवसायीहरुलाई ९ हजारको टिप गर्दा जनकपुर गएर ५ हजार जरीवाना तिर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । यस्तो समस्याले रामेछापका सर्वसाधारण नागरिक महंगीको मारमा पर्ने भएकाले यसलाई गम्भिरताका साथ लिन सबैलाई आग्रह गरे ।