२ सय ९७ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले १ सय ३२, काँग्रेस १ सय १० र माओवादी केन्द्र ३६ ठाउँमा बिजयी

  • प्रकाशित मिति: बुधबार, असार २१ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २१ गते,
असार १४ गते बुधबार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहको निर्वाचन भएकोमा यो समाचार तयार पार्दसम्म सम्म २ सय ९७ को मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामलाई हेर्दा नेकपा एमाले पहिलो नम्बरमा छ । एमालेले ३८ नगर प्रमुख र ९४ गाउँपालिका अध्यक्ष जित्दै १ सय ३२ स्थानमा बिजयी हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३८ नगर प्रमुख र ७२ गाउँपालिकाको अध्यक्ष गरी १ सय १० स्थानीय तहमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ८ नगरप्रमुख र २८ गाउँपालिका अध्यक्ष गरी ३६ स्थानीय तहमा विजयी भएको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पारेको छ । नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र ५ गाउँपालिका गरी ६ स्थानीय तहमा जित हासिल गर्दा राष्ट्रिय जनमोर्चाले २, राप्रपाले २ र स्वतन्त्र उम्मेदवारले १ नगर प्रमुख सहित २ स्थानीय तहमा जित हात पारेका छन् भने अन्यले ३ स्थानमा बिजयी हासिल गरेको छ । ३ सय ३४ स्थानीय तहमध्य अब ३७ स्थानीय तहको नतिजा आउन बाकि छ । मत गणना भैरहेको ३७ स्थानीय तहको परिणामलाई हेर्दा नेकपा एमाले अगाडि छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।