२ सय ९० स्थानीय तहको नतिजा सार्वजनिक, एमाले १२८, काँग्रेस १०८ र माओवादी केन्द्र ३६ ठाउँमा बिजयी

  • प्रकाशित मिति: मंगलबार, असार २० २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २० गते,
असार १४ गते बुधबार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहको निर्वाचन भएकोमा अहिले सम्म २ सय ९० को मतपरिणाम सार्वजनिक भएको छ । यो समाचार तयार पार्दा सम्मको परिणामलाई हेर्दा नेकपा एमाले पहिलो नम्बरमा छ । एमालेले ३६ नगर प्रमुख र ९२ गाउँपालिका अध्यक्ष जित्दै १ सय २८ स्थानमा बिजयी हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३६ नगर प्रमुख र ३२ गाउँपालिकाको अध्यक्ष गरी १ सय ८ स्थानीय तहमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ८ नगरप्रमुख र २८ गाउँपालिका अध्यक्ष गरी ३६ स्थानीय तहमा विजयी भएको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पारेको छ । नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र ५ गाउँपालिका गरी ६ स्थानीय तहमा जित हासिल गर्दा राष्ट्रिय जनमोर्चाले २, राप्रपाले २ र एक जना स्वतन्त्र उम्मेदवारले १ स्थानीय तहमा जित हात पारेका छन् भने अन्यले ३ स्थानमा बिजयी हासिल गरेको छ । ३ सय ३४ स्थानीय तहमध्य अब ४४ स्थानीय तहको नतिजा आउन बाकि छ । मत गणना भैरहेको ४४ स्थानीय तहको परिणामलाई हेर्दा नेकपा एमाले अगाडि छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।