रामेछाप, असार १२ गते – दलित महिला संघ रामेछापले जिल्लाका ५० जना महिलाहरुलाई कानुनी साक्षरता प्रदान गरेको छ । जिल्ला विकास समिति रामेछापको आर्थिक सहयोगमा संस्थाले महिलाहरुलाई सो तालिम प्रदान गरेको हो ।
आइतबार भएको सो तालिम संस्थाकी कोषाध्यक्ष देवकुमारी नेपालीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्लाको मन्थली तथा रामेछाप नगरपालिकाका महिलाहरुको सहभागिता रहेको सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वस्नेतले आप्mनो नगरमा सामाजिक समावेसीतालाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले कानुनले प्रदान गरेको अधिकारको बारेमा महिलाहरु जानकार भए हिँसा सहेर बस्नु नपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले महिलाहरुले प्राप्त गरेको ज्ञानलाई समुदायमा पनि फैल्याउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, दलित अधिकारकर्मी चन्द्र खाती, लेखबहादुर बिक लगायतले पनि बोलेका थिए । कार्यक्रममा रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ र अधिकारकर्मी नवराज पथिकले सहजिकरण गरेका थिए ।
