असार १०, रामेछाप ।
खाडादेवी गाउपालिका वाड न. ३ भिरपानी खुल्ला दिशा मुक्त भएको छ । वडामा रहेका ७५० घरधुरीमा नै शौचालय निमार्ण भए पछि एक कार्यक्रम गरी खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको हो । वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वयन समिति भिरपानीको आयोजनामा कार्यक्रम भएको हो ।
वडा अध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षता तथा गाउपालिकाका प्रमुख पे्रमबहादुर तामाङको प्रमुख अतिथ्थतामा कार्यक्रम भएको हो । कार्यक्रमा बोल्दै प्रमुख तामाङले खाडादेवी गाउपालिका खुल्ला दिशामुक्त भएसंगै गाउँपालिकालाई भष्टचार मुक्त बनाउने बताए । कर्मचारी केन्द्रिकृत राज्य हुदाँ भष्टचार मौलाएको भन्दै यसको अन्त्य गरी खाडादेवी गाउपालिकालाई नमुना गाउपालिका बनाउने उनले बताए ।
कार्यक्रममा खाडादेवी गाउपालिकाकी उपप्रमुख मखमली श्रेष्ठ, कार्यकारी अधिकृत दुर्गा कुमारी दाहाल, जिल्ला समन्वयन समिति रामेछापका दिलकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका सोमलाल श्रेष्ठ, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की , वास म्यानेजर सन्तोष कुमार बस्नेत , सबल परियोजना रामेछापका बरिष्ठ जिल्ला संयोजक दिल बहादुर नेपाली , पुनर्निमाण प्राधिकरणका इन्जिनियर बिक्रमराज ज्ञवली , पहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्न पसाद कडेल, गरिबी निवारण कोष रामेछापकी कार्यप्रवन्धक रमला भण्डारी ,पुर्वगाविस अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगाएतले यसको महत्वको बारेमा बोलेका थिए ।
कार्यक्रम जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको समन्वयमा, सवल जिल्ला कार्यलय रामेछाप , बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति भिरपानी रामेछापको सहयोगमा सम्पन्न भएको हो ।
यसै बिच गोकुलगंगा गाउपालिकोे वडा १ चुचुरे लाई पनि शुक्रबार एक कार्यक्रम गरी खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । वडा अध्यक्ष मण्डी कुमार लामाको अध्यक्षता, गाउपालिकको प्रमुख खड्का बहादुर सुनुवारको प्रमुख अतिथ्थयतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा आमा समुह सन्जाल, स्वयम् स्वयमसेविका , समुदायिक बन , जिल्ला खानेपानी कार्यलय तथा शौचालय निमार्णमा प्रबिधिक सहयोग गर्ने संस्था श्रृजनशिल युवा समाज चिसापानी रामेछाप , समाज सेवा संघ बम्ती लगाएलाई सम्मान गरिएको थियो ।
खाडादेवी गाउपालिका प्रमुखले के बोले (भिडियो सहित)