गोकुलगंगा गाउँपालिकाको विकासले फड्को मार्छ:प्रमुख सुनुवार

  • प्रकाशित मिति: आइतबार, असार ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार ४ गते,कैलाश खत्री ,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका प्रमुख खड्क बहादुर सुनुवाारले  गाउँपालिकाको विकासले फड्को मार्ने बताएका छन् । गाउँपालिकाको सवै वडाहरुमा आधारभूत विकासले सम्पन्न गराउने उनको भनाई छ । आईतबार रस्नालुमा पिपुल्स हाईड्रो पावरले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गोकुलगंगामा पिपुल्स हाईड्रो पावर बन्दै गरेकोमा खुशी व्यक्त गदै गाउँपालिकाको सवै वडाहरुमा विद्युत , शिक्षा ,स्वास्थ्य, यातायात सहित रोजगारीको पहँुच पुर्याउने बताए । कार्यक्रममा बोल्दै पिपुल्स हाईड्रो पावरका उपाध्यक्ष यद बहादुर पौडेलले ५ बर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गर्ने बताए । उनले हाईड्रो पावर बनेपछि रामेछाप र दोलखाका स्थानीयहरुले रोजगार पाउने बताए । हाईड्रो पावरका सदस्य अर्जुन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख सुनुवार सहित सबै वडा अध्यक्ष र सदस्यहरु गरी २३ जना जनप्रतिनिधिहरुलाई हाईड्रो पावरका उपाध्यक्ष यद बहादुर पौडेलले सम्मान गरेका थिए । कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिप खड्का ,पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगाएतले बोलेका थिए ।