रामेछाप । जेठ २९ गते,
भूकम्प गएको २७ महिना बितिसक्दा पनि प्राविधिक गाउँ नपुग्दा रामेछापका माझी समुदायले घर बनाउन पाएका छैनन् । खाँडादेवी गाउँपालिका–४ रजगाउँमा बसोबास गर्दै आएका विपन्न माझी समुदायमा प्
राविधिक कर्मचारी नपुग्दा माझी समुदायले घर बनाउन नपाएका हुन् । सदरमुकाम मन्थलीसँगै जोडिएको रजगाउँमा एकसय २५ घरधुरी माझी समुदाय बसोबास गर्दै आएका छन् । भूकम्पका कारण माझी बस्तीका ७० वटा घरमा क्षति पुगेको थियो । भूकम्पले क्षति पुगेका घर पुनर्निमार्ण गर्नको लागि सरकारले दिएको ५० हजार रुपैँया लिएका ७० परिवारहरु मध्ये अहिलेसम्म दुई जनाले प्राविधिक सल्लाह बिना पुरानै शैलीको घर निमार्ण गरेका छन् । भूकम्प गएको लामो समय बितिसक्दा पनि अहिलेसम्म गाउँमा प्राविधिकहरु नपुगेका कारण घर पुनर्निमार्ण गर्न समस्या भएको उनीहरुले बताएका छन्
प्राविधिक गाउँमा नगएपछि रामेछापका भूकम्पपिडितहरुले घर बनाउन पाएनन्
- प्रकाशित मिति: सोमबार, जेष्ठ २९ २०७४
- तामाकोसी खबर