रामेछाप । जेठ २८ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा ढुवानी तथा सवारी साधनहरुले प्रेशर हर्न बजाउन नपाउने भएका छन् । बजार क्षेत्रमा गुड्ने ढुवानी एवं सवारी लगाएतका यातायातका साधनहरुले अब ब्याट्रीवाट चल्ने साना हर्न मात्र बजाउन पाउने छन् ।
मन्थली बजारको भैसेश्वर देखी भुतेखोला सम्म यातायातका साधन लगाएत ढुवानीका साधनहरुले हर्न बजाए अब कारबाहि हुने भएको छ । बजार क्षेत्रमा मनलाग्दी रुपमा ठुला हर्न बजाउदा अत्याधिक मात्रामा ध्वनी प्रदुषन हुने र मानिसको स्वाथ्यमा प्रतिकुल असर पार्ने भएकाले तामाकोसी ढुवानी सेवा समिति मन्थलि र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सयुक्त पहलमा शनिबारबाट ठुला हर्न निशेध गरिएको तामाकोसी ढुवानी समिति रामेछापका अध्यक्ष नविन कार्कीले बताए । उनले आफुहरुले सबैलाई जानकारी हुनेगरी सूचना समप्रेषन गरेर प्रेशर हर्नमा रोक लगाउने निर्णय गरेको उनको भनाई छ । मन्थलीको भैसेश्वर देखि भुतेखोला सम्म प्रेशर हर्न वजाउन रोक लगाईएकाले कसैले प्रेसर हर्न बजाए कारबाहि हुने जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको मन्थलीमा सवारी तथा ढुवानीका साधनहरुले प्रेशर हर्न बजाउन नपाउने
- प्रकाशित मिति: आइतबार, जेष्ठ २८ २०७४
- तामाकोसी खबर