स्थानीय जनप्रतिनिधिले तलब नपाउने सम्भावना, तलब प्रस्तावमा अर्थ मन्त्रालयको असहमति

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २७ २०७४
  • तामाकोसी खबर

काठमाण्डौ । जेठ २७ गते,
स्थानीय तहका प्रमुख र उपप्रमुख र वडाअध्यक्षलाई आकर्षक तलब सुविधा दिनुपर्ने स्थानीय विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले असहमति जनाएको छ  । अर्थ मन्त्रालयको असहमतिसँगै नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिकाका प्रमुख र उपप्रमुख र वडाध्यक्षको मासिक तलब पाउने कि नपाउने अनिश्चित भएको छ । स्थानीय विकास मन्त्रालयले महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख , उपप्रमुख, गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा वडाअध्यक्षहरुको फरक फरक तलबमान प्रस्ताव गरेको थियो ।  वडा सदस्यहरुलाई भने भत्तामात्र दिने प्रस्ताव थियो । अर्थ मन्त्रालयले भने वडा सदस्यहरुलाईमात्र होइन सबै स्थानीय तहका कसैलाई पनि मासिक तलब दिन नहुने अडान लिएको छ ।