आठौं कोरियन भाषा परीक्षाको तयारी पूरा

परीक्षार्थीले अनलाइन फारम भर्दा इमेलमा आएको प्रवेशपत्र रंगिन प्रिन्ट र पासपोर्ट लानुपर्ने

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २६ २०७४
  • तामाकोसी खबर

काठमाडौं, जेठ २६– शनिबार र आइतबार सञ्चालन हुने आठौं कोरियन भाषा परीक्षाको तयारी पूरा भएको छ । शुक्रबार २६ वटा परीक्षा केन्द्रको निरिक्षण गरिएको शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि कोरियाबाट सामाग्रि र जनशक्ति आइसकेको उहाँले बताउनुभयो । परीक्षाका लागि यस पटक काठमाडौंका १७ र ललितपुरका ९ वटा केन्द्र तोकिएको छ । यसअघि पोखरामा पनि परीक्षा केन्द्र तोकिन्थ्यो । दुबै दिन परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ ।



परीक्षार्थीले अनलाइन फारम भर्दा इमेलमा आएको प्रवेशपत्र रंगिन प्रिन्ट र पासपोर्ट लानुपर्नेछ । परीक्षाका लागि ७५ हजार ५ सय ८० जनाले फारम भरेका छन् । नतिजा असार १६ गते सार्वजनिक हुनेछ । १० हजार २ सय जना उतिर्ण हुनेछन् ।