रामेछाप । जेठ २२ गते,
रामेछाप जिल्लामा महिला हिंसाका घटनामा बृद्धि हुदै गएको सम्बन्धीत निकायको तथ्याङ्कहरुले देखाएको छ । तथ्याङ्कक अनुसार गत आर्थिक बर्षको तुलनामा चालु आार्थिक बर्षमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरु बृद्धि हुदै गएको छ । चालु आर्थिक बर्षको १० महिनाको अवधिमा मात्रै महिला तथा बालबालिका कार्यालय रामेछापमा ५७ महिला हिंसाका घटना दर्ता भएका छन् ।
जसमा १० वटा कुटपिटका , बहुबिबाहका १४ ,झैझगडा ९ , जवरजस्ती करणी उद्योग २ , बलात्कारको १ वटा घटना दर्ता भएका छन् । त्यसैगरी आर्थिक कारोबारको ४ ,घरेलु हिंसाका १२ , बोक्सीको आरोप १ र अन्य ४ वटा घटनाहरु दर्ता भएको महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीले बताईन् । दर्ता भएका घटनाहरुमा जनजाति समुदायवाट ३१ ,दलित समुदायका ११ , बालिका १ र अन्य १५ रहेका छन् । गत आर्थिक बर्षको १२ महिनामा रामेछापमा ६५ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका थिए । जसमा घरेलु हिंसा ४२ , बहुबिबाह ४ ,जवरजस्ती करणी ४ , बच्चा भेटिएको २ ,महिला भेटिएको २ , अंसबण्डा सम्बन्धी ४ र ललाईफकाईका २ , जन्मदर्ता गर्न नमानेको १ ,नागरिकता र बिबाहा दर्ता गर्न नमानेको २ र बालबिबाहको १ वटा घटनाहरु दर्ता भएको महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कमा छ ।
रामेछापमा महिला हिंसाका घटना बढ्दो, १० महिनामै ५७ हिंसा
- प्रकाशित मिति: सोमबार, जेष्ठ २२ २०७४
- तामाकोसी खबर