काँग्रेस रामेछापद्धारा पराजयको कारण अध्ययन गर्न छानविन समिति गठन

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २१ २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ २१ गते,
नेपाली काँग्रेस रामेछापले बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको अध्ययन गर्न छानविन समिति बनाएको छ । शनिबार सदरमुकाम मन्थलीमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गदै जिल्लाका अधिकांस स्थानमा पार्टीले भोग्नु परेको पराजयको कारण अध्ययन गर्न जिल्ला सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यि छानविन समिति बनाएको हो । समितिको सदस्यहरुमा जिल्ला कार्यसमितिका सदस्यहरु सृजना खड्का , राजु श्रेष्ठ,कपिल कार्की र एक बहादुर बस्नेत रहेका छन् । काँग्रेसले गठित छानविन समितिलाई जिल्लाको अधिकांस स्थानमा पार्टीले भोग्नुपरेको पराजयका कारण अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको छ । काँग्रेसले निर्वाचनमा भागलिएर काँग्रेसलाई मतदान गर्ने मतदाता ,पार्टीका सबै तहका नेता तथा कार्यकर्ता ,भातृसंस्था लगाएत निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाहा गरी निर्वाचन सफल बनाउने सरोकारवाला सबैलाई बधाई तथा धन्यवाद पनि दिएको छ । बैठकले २०७४ साल असार महिनाको २ र ३ गते सदरमुकाम मन्थलीमा स्थानीय तह निर्वाचन २०७४ को समिक्षा भेला बोलाउने निर्णय पनि गरेको छ ।