ओखलढुंगामा १३ राजनैतिक दल चुनावी मैदानमा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १७ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । जेठ १७ गते,
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले स्थानीय तहको निर्वाचनमा १३ राजनैतिक दलले भाग लिने जनाएको छ । जिल्लामा १३ दल निर्वाचन सहभागी कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निर्वाचन अधिकारी अर्जुन राईले बताए । १३ दल दर्ता भए पनि सबैले चुनाव चिह्न नपाएका कारण सो संख्यामा कमी आउन सक्ने सम्भावना रहेको उनको भनाई छ । ओखलढुंगामा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दलीय हैसियत पाएका १० र स्वतन्त्र रुपमा ३ दल निर्वाचनमा होमिने भएका छन् । १ नगरपालिकासहित ७ गाँउपालिका रहेको ओखलढुंगामा ७८ स्थानमा १ सय २७ केन्द्रबाट मतदाताहरुले आफ्ना जनप्रतिनिधिहरु छान्दैछन् । जसमा ९१ हजार ५ सय ८ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । तीमध्ये महिलाको संख्या ४६ हजार ६ सय ९५ र पुरुषको संख्या ४४ हजार ८ सय १३ रहेको निर्वाचन कार्यलयको भनाई छ ।