प्यूठान । जेठ १६ गते
चट्याङ लागेर प्युठानमा एकै परिवारका दुई जनाको ज्यान गएको छ । मंगलबार विहान पानीसंगै परेको चट्याङका कारण सरूमारानी
गाउँपालिका वडा नम्वर २ स्थित गहनाखोलाका ५५ बर्षिय हरीभक्त सुनार र उनकी १२ बर्षिय छोरी सरिता सुनारको ज्यान गएको इलाका प्रहरी कार्यालय दरभानका प्रहरी नायव निरिक्षक जीवन विक्रम शाहले जानकारी दिए ।
चट्याङ लागेर प्युठानमा एकै परिवारका २ को ज्यान गयो
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १६ २०७४
- तामाकोसी खबर