रामेछापलाई २ अर्ब ४१ करोड बजेट विनियोजन

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १६ २०७४
  • तामाकोसी खबर

जेठ, काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०७४/०७५ को लागि रामेछापको ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तहको संरचना अनुसार सबै भन्दा बढी मन्थली नगरपालिकामा ४९ करोड ५५ लाख रुपैयाँ र सबै भन्दा कम सुनापति गाउँपालिकामा २२ करोड ८१ लाख रुपैयाँ विनियोजना भएको छ ।

१. मन्थली नगरपालिका – ४९ करोड ५५ लाख २९ हजार
२. रामेछाप नगरपालिका- ३४ करोड ३३ लाख ३७ हजार
३.उमाकुण्ड गाउँपालिका – २४ करोड ४०लाख ३० हजार
४.गोकुलगंगा गाउँपालिका- २४ करोड २२लाख ७८ हजार
५.दोरम्बा गाउँपालिका – २६ करोड ९ लाख ४ हजार
६. लिखु गाउँपालिका – २७ करोड ६३ लाख ७२ हजार
७. सुनापति गाउँपालिका – २२ करोड ८१ लाख ३ हजार
८. खाँडादेवी गाउँपालिकामा -३२ करोड ३२ लाख ५ हजार



बिनियोजित बजेट अनुसार मन्थली नगरपालिकामा ४९ करोड ५५ लाख २९ हजार र रामेछाप नगरपालिकामा ३४ करोड ३३ लाख ३७ हजार रुपैया छुटयाइएको छ । त्यसैगरी उमाकुण्ड गाउँपालिकामा २४ करोड ४० लाख ३० हजार, खाँडादेवी गाउँपालिकामा ३२ करोड ३२ लाख ५ हजार, गोकुलगंगा गाउँपालिकामा २४ करोड २२ लाख ७८ हजार, दोरम्बा गाउँपालिकामा २६ करोड ९ लाख ४ हजार, लिखु गाउँपालिकामा २७ करोड ६३ लाख ७२ हजार र सुनापति गाउँपालिमा २२ करोड ८१ लाख ३ हजार रुपैयाँ विनियोजना गरेको छ ।