रामेछापमा चिनीमायाँ तामाङ एम मात्र महिला वडा अध्यक्ष बनिन्

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ ५ गते,
रामेछापमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक मात्र महिला वडा अध्यक्ष हुने अवसर खाँडादेवी गाउँपालिका–९ की चिनीमायाँ तामाङले प्रप्त गरेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी तामाङले ३ सय ४१ मत प्राप्त गरी विजय प्राप्त गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्दिभन्दा उनले २५ मत बढी प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्दि नेपाली काँग्रेसका अकलबहादुर भण्डारीले ३ सय १६ मत प्राप्त गरेका छन् ।