४ जेठ, मन्थली । रामेछापको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख दु्बै पदमा एमालेका उम्मेदवारले शानदार जित हासिल गरेका छन् । प्रमुखमा रमेश बस्नेत र उपप्रमुखमा माया कार्की विजयी भएका हुन् । बस्नेतले ६,५२९ र कार्कीले ६,५०६ मत पाएका छन् ।
बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिनोद कार्कीले ५,३७९ मत पाए भने उपप्रमुखमा कांग्रेसकी गंगा अधिकारीले ५,३६२ मत पाइन् ।
नगरपालिका प्रमुखमा माओवादी उम्मेदवार तारानारायण श्रेष्ठले ५,३११ मत पाएका छन् भने उपप्रमुख पदमा माओवादी उम्मेदवार रितादेवी घिमिरेले ४,९९४ मत पाएकी छन् । मयेर बस्नेत जिल्ला विकास समिति रामेछापका पुर्व सभापति एवं प्रेस चौतारी रामेछापको सदस्य साथै पत्रकार महासघको सदस्य समेत हुनुहन्छ ।
