वैशाख २९, काठमाडौं : ७४४ स्थानीय तहबाट ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि चुन्न वैशाख ३१ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आयोगले मतदानको समय निर्धारण गरेको छ। मतदाताको सानो गल्तीले पनि मत खेर जान्छ जुन कसैले हार्न वा जित्न काफी हुन्छ।
मतदान केन्द्रमा पुग्नु अघि मतदाताले आफ्नो मतदाता नामावलीको क्रम संख्या पत्ता लगाउनुपर्छ। त्यो क्रम संख्याका यकिन भएपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन पाइन्छ। मतदाता क्रम संख्या पत्ता लगाएर मतदान केन्द्रमा छिरेपछि मतपत्र प्राप्त हुन्छ। मतदाताले प्राप्त गर्ने मतपत्रमा मतदान अधिकृतले मतदाताकै सामुन्ने हस्ताक्षर गर्नुपर्छ। हस्ताक्षर नभएको मतपत्र मान्य हुँदैन। मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्र प्राप्त भएपछि आफ्नो मत बदर हुन नदिन मतदाताले निम्न ६ कुरामा ध्यान दिनुपर्छ।
१. भोट हाल्दा मत चिन्ह भन्दा बाहिरको घेरा छुने गरी हाल्नुहुँदैन।
२. दुईवटा निर्वाचन चिन्हमा पर्ने गरी स्वस्तिक छाप लगाउनुहुँदैन।
३. स्वस्तिक छापको सट्टामा औँठाछाप प्रयोग गर्नुहुँदैन।
४. मतदान गर्दा कम मसी प्रयोग गरी स्वस्तिक छाप नबुझिएमा पनि मत बदर हुनसक्छ।
५. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुन्छ।
