रामेछापको ९० मतदान केन्द्रबाट मतदाता परिचयपत्र बितरण

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २९ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख २९ गते,
निर्वाचन आयोगले विहिबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरे संगै रामेछापमा पनि मतदाता परिचयपत्र बितरण सुरु भएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि  रामेछापान पनि मतदाता परिचय पत्र वितरण सुरु भएको हो । मतदाता परिचयपत्र बितरणको पहिलो दिन जिल्लाका कुनैपनि ठाउँमा समस्या नआएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए । उनले कुनै ठाउँवाट मतदाता परिचयपत्र बितरणमा समस्या भएको खबर नआएको बताए । उनले मुखैमा आएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गदै जिल्लाका सबै मतदान केन्द्र र स्थलहरुमा कडा सुरक्षा व्यवस्था गरिएको बताए । उनले निर्वाचनका लागि जिल्लका सबै मतदान स्थल र केन्द्रमा आवश्यक कर्मचारी सहित सुरक्षा कर्मीहरु पुर्ण रहेको बताए । मन्थली नगरपालिकाको निर्वाचन अधिकृतको जिम्वेवारी पनि निर्वाहा गरिरहेका शिवाकोटीले मन्थली नगरपालिकामा पनि मतदाता पचिचयपत्र बितरण शान्तिपुर्ण बताबरणमा भैरहेको बताए । यस्तै जिल्लाको रामेछाप नगरपालिकामा पनि शान्तिपुर्ण बाताबरणमा मतदाता पचियपत्र बितरण भैरहेको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत कृष्ण प्रसाद पुडासैनीले बताए । उनले रामेछाप नगरभित्र मतदाता परिचयपत्र बितरणका क्रममा केहि अप्रिय घटनाहरु नभएको बताए । नागरिकता भएर पनि मतदाता नामावलीमा आफुहरुको नाम छुटेको भन्दै एकाध मतदाताको  गुनासो भने आएको उनको भनाई छ । त्यसैगरि जिल्लाको ६ गाउँपालिकाको एकाध ठाउँमा केहि बिवाद् आएको र त्यस्ता बिवाद्लाई सर्वदलिय छलफलवाट टुङग्याएर मतदाता परिचयपत्र बितरण पक्रिया सुरु भएको जानकारी आएको छ । विहिबार, शुक्रबार र शनिवार ३ दिन जिल्लका सम्बन्धित मतदान केन्द्रले मतदाता परिचय पत्र वितरण गर्नेछ । रामेछापमा ९० मतदान केन्द्र र १ सय ७० मतदान स्थलहरु रहेका छन् । अहिले जिल्लाको ९० मतदान केन्द्रहरुवाट मतदाता परिचयपत्र बितरण भैरहेको छ ।