निर्वाचनका लागि रामेछापको सुरक्षा व्यवस्था भरपर्दाे छ:प्रजिअ खत्री

  • प्रकाशित मिति: सोमबार, बैशाख २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख २५ गते,
रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापको सुरक्षा व्यवस्था अत्यन्त भरपर्दाे रहेको बताएका छन् । उनले बिगतको तुलनामा यो निर्वाचनमा रामेछापको सुरक्षा व्यवस्था विशेस रहेको बताए । सोमबार सदरमुकाम मन्थलीमा निर्वाचन कार्यालय रामेछापले आयोजना गरेको निर्वाचनको तयारी र सरोकारवालाहरुसँगको अन्र्तक्रिया तथा नमुना मतदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले जिल्लाका लागि जति आवश्यकता परे पनि सुरक्षा कर्मि पठाएकाले सुरक्षामा कुनै कुनैपनि शंका नगर्न सबैसंग आग्रह गरे ।
कार्यक्रममा रामेछाप र दोलखा जिल्लाका अनुगमन संयोजक रघुराम विष्टले निर्वाचन सम्बन्धी समाचार लेख्दा आचारसंहितामा ख्याल गर्न सञ्चार कर्मीहरुलाई आग्रह गरे  । उनले आचारसंहितालाई ख्याल गर्नुभन्दा पनि त्यसको पालना गर्न पत्रकारहरुको दायित्व र जिम्वेवारी भएको बताए । उनले निर्वाचनको तयारी पुरा गरेर निर्वाचन आयोगले गर्नुपर्ने सम्पुर्ण बन्दोबस्त पुरा गरिसकेको यो अवस्थामा सबैले एक भएर सहयोग गरि निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए ।
जिल्ला निर्वाचन कार्याालय रामेछापका जिल्ला निर्वाचन अधिकारी कपिल उपाध्यायले रामेछापमा निर्वाचनको तयारी अन्तीम चरणमा रहेको बताए । उनले मतदान सँग सम्बन्धीत समाग्री मतदान स्थल पु¥याउने काम पनि सुरु भएको बताए  । उनले सोमबार देखी बुधबार सम्म ३ दिन सबै मतदान केन्द्रमा आवश्यक सामाग्री पठाईने बताए । वैशाख २७ गते सबै मतदान अधिकृतहरुलाई अनिवार्यरुपमा मतदान केन्द्रमा उपस्थित हुन निर्देशन दिईएको उनले बताए  । उनले वैशाख २८ ,२९ र ३० गते मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरिएको पनि बताए  । नमुना मतदान समेत गरिएको कार्यक्रमका सहभागिहरुले आचारसंहिताको उल्ङ्घनको घटना केहि मात्रामा देखिएकोले यसलाई छिटै समाधान गर्न आग्रह गरेका थिए । सानातिना आचासंहिता उलङघनका घटनाहरुलाई व्यवास्था गर्दा समस्या हुनेमा जोड दिएका थिए ।