अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण

  • प्रकाशित मिति: शनिबार, बैशाख ९ २०७४
  • तामाकोसी खबर

वैशाख ९ – अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गरेका छन् । आक्रमणमा परि ५० भन्दा बढी अफगान सैनिकको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । उत्तरी शहर मजार–ए–शरिफ शहरको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको हेडक्वाटरमा आक्रमण भएको हो ।



सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण भएको हो । अफगान सेनालाई तालिवान विरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ ।  तालिवानले विज्ञप्ती निकालेर घटनाको जिम्मा लिएको छ ।