ओखलढुंगा । चैत २१ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगामा गत शनिबार र आईतबार चलेको हावाहुरीले बिभिन्न स्थान करिब ६७ लाख बराबरको क्षेती भएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको तथ्याकं अनुसार शनिबार बेलुका आएको हुरीबतासले मात्रै ६७ लाख १० हजार बराबरको क्षेति भएको छ ।
हुरीबताँसले जिल्लाका बिभिन्न स्थानका नागरीकको घरको क्षनो , कुखुरा फर्म तथा बिद्यालयमा क्षेती पुर्याएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी प्रमुख मिलन केसीले बताए । उनका अनुसार आईतबार बेलुका चलेको हुरीबताँसले पुर्याएको क्षेतिको बिबरण भने नागरीकहरुले टिपाएका छैनन ्। तर प्रहरीका अनुसार आईतबारको हुरीबतासले पनि ठुलो क्षेती पुर्याएको अनुमान गरेका छन् । हुरीबतासले रानिवन स्थित भवानी शंकर ढुंगेलको घर,कटेज,सहकारी,बाख्रा तथा कुखुरा र्फम उडाउदा २२ लाख बराबरको क्षेती भएको पिडितको भनाई छ । त्यस्तै गाम्नाङटारका बिभिन्न स्थानका नागरिकहरुको घरको छानो तथा र्फम उडाउदाँ २६ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । हुरीबतासकै कारण जिल्लाका भुकम्प पिडितहरुको बिचल्ली भएको छ ।
हुरीबतासका कारण अेखलढुंगामा ६७ लाख बराबरको क्षेती
- प्रकाशित मिति: सोमबार, चैत्र २१ २०७३
- तामाकोसी खबर