रामेछाप । चैत २० गते,
रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले रामेछापका सबै गाउँपालिका र नगरपालिकाका प्रमुखहरुलाई तत्काल कार्यक्षेत्रमा गएर काम गर्न निर्देशन दिएका छन् । बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई व्यवस्थित , मर्यादित र भयरहित बाताबरणमा समपन्न गर्न सरोकारवालासंगको छलफल कार्यक्रममा प्रजिअ खत्रीले यस्तो निर्देशन दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमा ६ वटा गाउँपालिका र २ वटा नगरपालिकाका प्रमुख सहित जिल्ला निर्वाचन कार्यालयका कपिल प्रसाद उपाध्याय, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण प्रसाद सुवेदी लगाएतको सहभागिता रहेको थियो । छलफल कार्यक्रमा प्रजिअ खत्रीले नगरपालिका र गाउँपालिकाहरुको कार्यालय र अन्य बन्दोबस्तीको अवस्थाका बारेमा जानकारी लिएका थिए । ६ वटै गाउँपालिका प्रमुखरुले सोमबारदेखिनै कार्यक्षेत्रमा जाने र दैनिक कार्य सहित निर्वाचनको काममा समेत लाग्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका र नगरपालिकका प्रमुखलाई तत्काल कार्यक्षेत्रमा जान रामेछापका प्रजिअ खत्रीको निर्देशन
- प्रकाशित मिति: आइतबार, चैत्र २० २०७३
- तामाकोसी खबर