रामेछाप । चैत १६ गते ,
मन्थली बजार व्यवस्थाापन समिति रामेछापको अध्यक्षमा फेरी पशुपति बहादुर खड्का चयन भएका छन् । सदरमुका मन्थलीमा बुधबार भएको समितिको दोस्रो बार्षिक साधारण सभाले पुनःह खड्को अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति चएन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष्मा जगन्नाथ दाहाल,सचिवमा नविन केसी र कोषाध्यक्षमा नेत्र बहादुर केसी चयन चयन भएका छन् । समितिको कार्यसमिति सदस्यहरुमा यम ब
हादुर थापा ,लोक बहादुर श्रेष्ठ,नीलहरि घिमिरे,सन्तमायाँ भण्डारी,कृष्दास श्रेष्ठ,बिष्णुमायाँ श्रेष्ठ र अशोक कार्की रहेको मन्थली बजार व्यवस्थाापन समितिका सचिव नविन केसीले जानकारी दिए । २ जना सदस्य मनोनित गरेर कार्यसमितिमा ल्याईने सचिव केसीको भनाई छ । यसअघि समितिका अध्यक्ष पशुपति बहादुर खड्काको अध्यक्षतामा भएको समितिको उद्घाटन समारोहमा जिल्ला स्थित राजनैतिक दल,विभिन्न संघ संस्थाका प्रतिनिधहरु र पत्रकारकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपााली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ , नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेल,नेकपा माओवादि केन्द्रका नेता तारानारायण श्रेष्ठ, राप्रपाका उपाध्यक्ष केशव प्रसाद दाहाल ,नेकपा माले रामेछापका सचिव ओमबाबु पुरी, ,ओमबाबु पुरी , नागरिक समाजका रामचन्द्र वियोगी लगाएतले बोलेका थिए । उनिहरुले मन्थली बजाार व्यवस्थापन समितिले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
मन्थली बजार व्यवस्थापन समितिको अध्यक्षमा : पशुपति बहादुर खड्का
- प्रकाशित मिति: बुधबार, चैत्र १६ २०७३
- तामाकोसी खबर