काठमाडौं, चैत १२ – काठमाडौंमा शुक्रबार राति भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बेलुका कालीमाटी चोक नजिकै बा २ ख १९ ८१ नम्बरको बसले बा ३५ प ३५ ७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ प्रहरी जवान शंकर बिकको ज्यान गएको हो ।
रानीबारी वर्कसपमा बा ३ च ४१ २४ नम्बरको कारले परीक्षण गर्ने क्रममा वर्कसपमा काम गर्दै आएका अधिकारीलाई ठक्कर दिएको थियो । अधिकारीको उपचारको क्रममा ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बिट टेकुमा कार्यरत प्रहरी जवान बिकको ड्युटीमा जाने क्रममा बसले ठक्कर दिएको थियो । यस्तै गोगंबुमा कारको ठक्करबाट भारत बस्दै आएका सपन अधिकारीको ज्यान गएको छ ।