थ्रेसहोल्डको प्रभावः ८ दललाई हाईहाई, अरुलाई बाइबाई

  • प्रकाशित मिति: बिहिबार, चैत्र १० २०७३
  • तामाकोसी खबर

चैत, काठमाडौं । व्यवस्थापिका संसदले ३ प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित गरेको छ । थ्रेसहोल्ड प्रकरणले सत्ता र विपक्षी दुबै गठबन्धनमा कम्पन पैदा भएको छ ।
थ्रेस होल्डका कारण अब देशमा बढीमा ८ दलमात्रै अस्थित्वमा रहने संकेत देखिएको छ । अझ समानुपातिकतर्फको सीट संख्या घटेको आधारमा हिसाब गर्ने हो भने लगभग ५ दलको मात्रै अस्थित्व संसदमा रहन सक्छ ।

यो पनि विचारणीय छ कि गत संविधानसभामा समानुपातिकतर्फ ३३५ समानुपातिक सीटहरु थिए । त्यसबेला एकजना सांसद पाउन झण्डै २१ हजार बढी मत ल्याउँदा पुग्थ्यो ।



तर, अब प्रतिनिधिसभामा समानुपातिकको सीट घटाएर ११० मात्रै कायम गरिएको छ । प्रत्यक्षतर्फ पनि २४० को सट्टा १६५ निर्वाचन क्षेत्र कायम गरिएको छ । यस्तो अवस्थामा थ्रेसहोल्ड नै नराख्दा पनि लगभग एक लाख मत नल्याउने दलले एउटै सांसद नपाउन सक्छ ।