रामेछाप । चैत ५ गते,
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीको झण्डोत्तोलन कार्यक्रम शनिबार मन्थलीमा सम्पन्न भएको छ । सेवा केन्द्रको मन्थलीमा रहेको भवनमा रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर केसीले झण्डोत्तोलन गरे ।
झण्डोत्तोलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार केसीले राज्यको काम नै शान्ति सुरक्ष कायम गर्ने भएकोले शन्तिको काममा राज्य र प्रशासनको सँधै सहयोग हुने बताए । उनले घटना नचाहँदा नचाहँदै पनि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न शान्ति मन र शान्तिपूर्ण समाज जरुरी रहेको बताए । उनले शान्ति सदाचार र सद्बिचारले मात्र समाज अघि बढ्ने बताए ।
कार्यक्रममा मन्थली वहुमुखि क्याम्पसका प्रमुख कार्यकारी निर्देशक गुञ्जबहादुर श्रेष्ठले ब्रम्हकुमारी राजयोगले ओम शान्तिको मन्त्रले योगको माध्यमबाट मानिसको मनलाई शान्त बनाउन सहयोग पुर्याएको बताए ।
कार्यक्रम ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापकी सञ्चालीका सिता बहिनीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राजयोगका ब्रम्हकुमार, कुमारी तथा ओम शान्तिका अनुयायीहरुको सहभागिता रहेको थियो
।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीको झण्डोत्तोलन कार्यक्रम सम्पन्न
- प्रकाशित मिति: शनिबार, चैत्र ५ २०७३
- तामाकोसी खबर